2023 Global Taekwondo Master Training Program

विश्व तेक्वान्दो मुख्यालय (KUKKIWON) को नीति तथा कार्यक्रम अनुसार 2023 Global Taekwondo Master Training Program का लागि नेपाल तेक्वान्दो संघको तर्फबाट तेक्वान्दो प्रशिक्षकहरुद्वय सीता तामाङ्ग र सुनिता विस्ट छनौट भएका छन् । एक महिना सम्म चल्ने उक्त प्रशिक्षणमा सहभागी हुन निजहरुलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष श्री भान बहादुर चन्द, महासचिव श्री दीपराज गुरुङ लगायतका पदाधिकारीहरुबाट खादा लगाई बिदाई गरियो । प्रशिक्षणमा सहभागी हुन दुवै प्रशिक्षकहरु आज कोरिया प्रस्थान गरेका छन्।