WT Asia Taekwondo Standing Committee (2019-2020)
Thu-2023-01-19
Nepal Taekwondo Associationविश्व तेक्वान्दो एशिया स्ट्यान्डीङ्घ कमिटीले आफ्ना विभिन्न उमसमितीमा २२ नेपालीलाई चयन गरेको छ । नेपाल तेक्वान्दो संघले गरेको सिफारिसको आधारमा उनीहरुलाई चयन गरिएको हो । सल्लाहाकार कमिटीमा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष सञ्जिव रेग्मी चयन भएका छन् । यसैगरी, उपाध्यक्ष हरिश्वर पोख्रेल इथीक कमिटीमा,उपाध्यक्ष भोज बहादुर शाह शिक्षा कमिटीमा, उपाध्यक्ष न्यायीक कमिटीमा नन्द कुमार राई, उपाध्यक्ष दिल बहादुर वली नेतृत्व कमिटीमा, तथा उपाध्यक्ष भानु बहादुर चन्द मार्केटिङ कमिटीमा चयन भएका छन् । कोषाध्यक्ष कसिम मिया धोवी पारालम्पिक कमिटीमा तथा मुख्य प्रशिक्षक तथा संघका सचिव नविन कुमार श्रेष्ठ ग्योरोगी कमिटीमा रहेका छन् । सह कोषााध्यक्ष सुमन कुमार घले आर्थिक कमिटीमा रहेका छन् । यसैगरी, डा. सरोजकृष्ण श्रेष्ठ एन्टी डोपीङ तथा मेडिकल कमिटीमा र संघका सचिव दिपक विष्ट एथलेटिक्स कमिटीमा छन् ।
क्याडेट कमिटीमा सहायक मुख्य प्रशिक्षक संगीना बैद्य, प्रशिक्षक कमिटीमा श्रीमान थापा मगर,कोलिगेट कमिटीमा भरत मर्हजन तथा विकास कमिटीमा कविराज खड्गी रहेका छन् । खेल कमिटीमा हिरा बहादुर थापा , मिडिया कमिटीमा हेमन्त डाँगी, पुम्से कमिटीमा मिन न्यौपाने, सस्टेबेनलीटी कमिटीमा टिका प्रसाद लिम्बू, प्राविधिक कमिटीमा नोर्बु लामा, महिला कमिटीमा नन्दा बस्याल र युवा कमिटीमा कोशिस बहादुर खड्का चयन भए ।
कमिटीमा चयन हुनेलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाज्यूले बिहिबार प्रमाणपत्र वितरण गर्नुभयो ।
Notice Board
9th Fujairah Open International Taekwondo Championship – G2
Asian Taekwondo Championships
Notice 10th National Kyorugi Taekwondo Referee Seminar 11th National Kyorugi Referee Refresher Course तलको Google Link मा गई रेफ्री रिफ्रेसर तथा सेमिनार दर्ताको लागि आवेदन फारम भर्नुहोस् । … See more
Notice for Vietnam 2022
Regarding Coaches Course
Most Viewed
View All
Photos Gallery
View AllVideos Gallery
View AllNepal Taekwondo Association
International Sports Complex
Phone:
0977-015543552, 5551613Fax:
+977-01-5543552Email:
nepaltaekwondoassociation@gmail.com