NTA Annual General Assembly
Thu-2023-01-19
Nepal Taekwondo Association
25th Poush,2077
Kuti Resort And Spa, GandakiProvince,Pokhara
२०७७ साल पुष २५ गते
नेपाल तेक्वान्दो संघ द्वारा गत मिति २०७७ पौष २५ गतेका दिन गण्डकी प्रदेशको राजधानी पोखराको लेकसाइडको कुटि रिसोर्टस एण्ड स्पामा संघको बार्षिक साधारण सभाको आयोजना गरिएको छ ।
उक्त वार्षिक साधारण सभा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाको सभापतित्वमा र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव श्री रमेश कुमार सिलवालज्यूको प्रमुख अतिथ्यता सम्पन्न गरिएको थियो । आयोजित उक्त वार्षिक साधारण सभामा मन्तवय राख्नु हुदै नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ्गले सांगठित संरचना कसरी व्यवस्थित गर्ने, विधान संसोधन , हाल सम्मको समिक्षा र भावी रणनितिबारे छलफल भएको थियो । सबै प्रदेश तथा जिल्लका पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकास र संस्थागत हितका लागी पुर्याएको भुमिका र योगदानका लागी धन्यवाद व्यक्त गर्नुभयो । खेलाडी र संस्थाको विकास कसरी हुन्छ भन्ने कुरामा छलफल भएको कुरा व्यक्त गर्नुभयो ।
तेक्वान्दो संघले शैलुङ्गमा ज्ष्नज ब्तिष्तगमभ त्चबष्लष्लन ऋभलतचभ बनाउन जग्गा लिइसकेको कुरा व्यक्त गर्दै शैलुङ्गको टे«निङ्ग सेन्टरलाई खेलकुद क्षेत्रको तीर्थस्थल र स्रोतकेन्द«को रुपमा विकास गर्ने कुरा संघका महासचिव दीपराज गुरुङ्गज्यूले बताउनुभएको थियो । उक्त ट्रेनिङ्ग सेन्टर निर्माणका लागि नेपाल तेक्वान्दो संघ अन्तर्गत रहेका विभिन्न प्रदेश तथा जिल्लाले आर्थिक सहयोग गर्ने कुरा उक्त जिल्ला तथा प्रदेशका प्रतिनिधित्व गर्दै आउनुभएका पदाधिकारी ज्यूहरुले बताउनुभएको थियो । आर्थिक सहयोग गर्ने क्रममा बागमति प्रदेश तेक्वान्दो संघले २ लाख , ललितपुर जिल्ला तेक्वान्दो संघले २५ हजार , सिन्धुपाल्चोक जिल्लाले २५ हजार, प्रदेश नं १ तेक्वान्दो संघका उपाध्यक्ष श्री हिमाल गुरुङ्गज्यूले व्यक्तिगत तर्फबाट १ लाख , रामेछाप जिल्ला तेक्वान्दो संघले २५ हजार, दोलखा जिल्ला तेक्वान्दो संघले ५० हजार, चितवन जिल्ला तेक्वान्दो संघले २५ हजार र सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघले १ लाखको सहयोग गर्ने कुरा उक्त साधारण सभामा जनाएका थिए ।
सदस्य सचिव रमेश कुमार सिलवाल सहित राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्यलाई सम्मान गरिएको थियो । नेपाल तेक्वान्दो संघलाई आर्थिक तथा व्यवस्थापनको कठिनाइमा सदैव सहयोग पुर्याउने नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा सुमेरु ग्रपका अध्यक्ष श्री भरत महर्जन ज्यूलाई सम्मान गरिएको थियो । ल्त्ब् क्यअष्ब िज्भचय बाट एभिन्युजका कार्यक्रम प्रस्तोता सुशिल पाण्डेले कोभिडको समयमा पुर्याएको अतुलनिय योगदान र समाजसेवी श्री नेहा पोखरेज्यूले समाजमा पुर्याउनु भएको उदारणिए कार्यलाई कदर गर्दै नगद पुरस्कार १५,००० सहित सम्मान गरिएको थियो । उक्त साधारण सभामा केन्दि«य समिति , सातै प्रदेश र ४८ वटा जिल्लाका प्रतिनिधि गरि १२५ जना सहभागी थिए । उक्त कार्यक्रम भव्यताका साथ सफल भएको कुरा जानकारी गराउदछु । उक्त साधारण सभाको दोस्रो सत्रमा भरत महर्जनज्यूले १३औँ सागका खेलाडी, प्रशिक्षक, नेपाल तेक्वान्दो संघका केन्दि«य पदाधिकारी तथा कर्मचारी लगायत तेक्वान्दो संघ अन्तर्गत रहेका सातै वटा प्रदेशका अध्यक्षज्यू हरुलाई सुमेरु हस्पिटलको Discount cardवितरण गर्नु भएको थियो ।
Notice Board
राष्ट्रपति रनिङ्ग शिल्ड २०७९
National Poomsae Team Selection for Asian Game
General Assembly
Senior Grading Examiner Test in Karnali
National Team Selection
Regarding National Poomsae Team Selection
9th Fujairah Open International Taekwondo Championship – G2
Asian Taekwondo Championships
Notice 10th National Kyorugi Taekwondo Referee Seminar 11th National Kyorugi Referee Refresher Course तलको Google Link मा गई रेफ्री रिफ्रेसर तथा सेमिनार दर्ताको लागि आवेदन फारम भर्नुहोस् । … See more
Notice for Vietnam 2022
Regarding Coaches Course
Most Viewed
View All
Videos Gallery
View AllNepal Taekwondo Association
International Sports Complex
Phone:
+977-015914552, +977-015915613Fax:
+977-01-5543552Email:
nepaltaekwondoassociation@gmail.com