नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार छैटौँ र सातौ डान ग्रेडिङ्ग परीक्षा सम्पन्न ।
Thu-2023-01-19
Nepal Taekwondo Associationतेक्वान्दोको पहिलो व्याजको सातौँ डान तथा छैटौँ ब्याजको छैटौँ डान ग्रेडिङ सम्पन्न भएको छ । शुक्रवार तेक्वान्दो एकेडेमीको सातदोबाटोमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष भानु चन्द र नेपाल तेक्वान्दो सङ्घका महासचिव दीपराज गुरुङले प्रमाण पत्र वितरण गरे । समापन समारोहमा मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठ, ग्रेडिङ कमिटीका प्रमुख नोर्बु लामा,तेक्वान्दो सङ्घका सदस्य हेमन्त डाँगी र प्रचार विभाग प्रमुख हिरा बहादुर थापाको उपस्थिति थियो । ग्रेडिङमा सफलता पाउने खेलाडीलाई सफलताको शुभकामना दिँदै महासचिव गुरुङले सबैले नेपाली तेक्वान्दोको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
यसै गरी, मुख्य प्रशिक्षक श्रेष्ठले सबैले आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीपूर्वक काम गर्ने विश्वास रहेको बताए । ग्रेडिङको नन्दु राई, टिका लिम्बु र ईश्वरमान बज्राचार्य सातौँ डानमा बढुवा भएका छन् । यसै गरी, मनोज खड्गी, प्रकाशमान राजभण्डारी, देवराज चौधरी, विजय राज ठकुरी,जीवन राज भण्डारी,कविराज खड्गी,प्रकाश खड्गी, प्रमेन्द्र कुमार बछार,रमेश कुमार श्रेष्ठ,शैलेन्द्र सुल्प्या जोशी, शिवराज भट्टराई, राजकुमार बछार,कृष्ण कुमार घले र तेज बहादुर विक छैटौँ ठानमा बढुवा भएका छन् ।
दीपराज गुरुङ, टिका लिम्बु र नोर्बु लामाले छैटौँ डानको प्रशिक्षण गरेका थिए । यसै गरी, सातौँ डानको प्रशिक्षण दीपराजले गरेका थिए । नेपालमा पहिलो पटक सातौँ डानको ग्रेडिङ भएको र यो एउटा महत्त्वपूर्ण कोशेढुंगा भएको ग्रेडिङ कमिटीका संयोजक नोर्बले बताए ।
Notice Board
National team Selection First Round
3rd Poomsae Referee Seminar and 2nd Poomsae Referee Refresher Course 2080
Reschedule Notice of 4th dan,5th Dan and 6th Dan Grading
Grading notice of 4th Dan,5th Dan and 6th Dan
2nd NTA League Championships
तेक्वान्दो प्रशिक्षण केन्द्र दर्ता गर्ने सम्बन्धमा जरुरि सुचना
राष्ट्रपति रनिङ्ग शिल्ड २०७९
National Poomsae Team Selection for Asian Game
General Assembly
Senior Grading Examiner Test in Karnali
National Team Selection
Regarding National Poomsae Team Selection
9th Fujairah Open International Taekwondo Championship – G2
Asian Taekwondo Championships
Notice 10th National Kyorugi Taekwondo Referee Seminar 11th National Kyorugi Referee Refresher Course तलको Google Link मा गई रेफ्री रिफ्रेसर तथा सेमिनार दर्ताको लागि आवेदन फारम भर्नुहोस् । … See more
Notice for Vietnam 2022
Regarding Coaches Course
Most Viewed
View AllVideos Gallery
View AllNepal Taekwondo Association
International Sports Complex
Phone:
+977-015914552, +977-015915613Email:
nepaltaekwondoassociation@gmail.com