१९ औं एसियाली खेल – तेक्वान्दो टोलीलाई शुभकामना साथै पदक विजेतालाई नगद पुरस्कार

मित्र राष्ट्र चिनमा आयोजना भईरहेको १९ औं एसियाली खेल २०२२ मा सहभागी हुन मिति २०८०/०६/०४ गतेका दिन नेपाली तेक्वान्दो टोलि चिनको हाङ्ग्झाउ शहरतिर प्रस्थान गरेको छ। सहभागी टोलीमा ग्यरोगी विधा तर्फ ९ खेलाडी, पुम्से विधा तर्फ २ खेलाडी, २ प्रशिक्षक, १ व्यवस्थापक र १ निर्णायक गरि १५ जना छन्। नेपाली तेक्वान्दो टोलीको नेतृत्व संघका उपाध्यक्ष भान बहादुर चन्दले गरेका छन् ।
मिति २०८० साल असोज ३ गतेका दिन नेपाली तेक्वान्दो टोलिलाइ संघका अध्यक्ष प्रकाश शमशेर राणा तथा महासचिव दीपराज गुरुङ द्वारा शुभकामना प्रदान शुभकामना व्यक्त गरियो । उक्त शुभकामना व्यक्त गर्ने क्रममा राणाले १९ औं एसियाली खेलमा तेक्वान्दो तर्फ स्वर्ण पदक विजेतालाई २५ लाख, रजत पदक विजेतालाई १० लाख र कास्य पदक विजेतालाई ५ लाख नगद पुरस्कारद्वारा सम्मान गरिने समेत खुलाए।

Continue reading “१९ औं एसियाली खेल – तेक्वान्दो टोलीलाई शुभकामना साथै पदक विजेतालाई नगद पुरस्कार”